२०८१ जेठ ८, मंगलबार    

हेटौंडाको वुद्धचोकमै कोभिडविरुद्धको खोप लगाइँदै

२०७८ माघ २६, बुधबार १२:०७ बजे

हेटौंडा/ वाग्मती प्रदेशको राजधानी हेटौंडाको वुद्धचोकमै कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ ।

जिल्ला कोभिड व्यवस्थापन समिति, हेटौंडा उपमहानगरपालिका र जिल्ला स्वास्थ्य कार्यालयको संयुक्त पहलमा बुधबारबाट विशेष खोप सप्ताह सुरु गरिएको हो । हेटौंडाको बुद्धचोकमै कोरोना विरुद्धको खोप नलगाएकाहरुलाई लक्षित गरेर खोप सप्ताह सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख भीमसागर गुरागाईंले जानकारी दिए । ‘चैतसम्म राज्यले सवैलाई खोप लगाउने नीति अवलम्बन गरेको छ । सोही अनुसार हामीले सार्वजनिक स्थलमै खोप केन्द्र राखेर अभियान चलाएका हौं ।’, उनले भने ।

यस अभियानमा पुरानो नारायणी यातायात कम्पनी प्रालि, ग्रामिण जागरण तथा विकास संगठन नेपाल र एसोसिएसन अफ प्राइभेट हेल्थ नेपाल मकवानपुरले सहयोग गरिरहेका छन् । बुद्धचोकमा विशेष गरी ग्रामिण भेग र हालसम्म खोप अभियानमा पहँुच नपुगेकाहरुले लाइन लागेर खोप लगाइरहेका छन् ।