२०८१ जेठ ६, आईतबार    

कमाने छुरा प्रहार प्रकरणः अनिशा खतरामुक्त

२०७८ चैत्र २०, आईतबार १८:०४ बजे

हेटौंडा–८, कमानेमा चैत ११ गते शुक्रबार छुरा आक्रमणमा परी घाइते भएकी अनिषा राई खतरामुक्त भएकी छन् ।

काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचाररत राई खतरामुक्त रहेको र केही दिनमै डिस्चार्ज हुने अधिकारकर्मी आरती पाठकले जानकारी दिइन् । छुरा प्रहार गर्ने हेटौंडा–५ का सिर्जन यादव भने फरार छन् । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाए पनि यादवलाई पक्राउ गर्न सकेको छैन । गतशुक्रबार साँझ करिब ७ बजेको समयमा घरतर्फ जाँदै गरेकी राईलाई यादवले छुरा प्रहार गरेका थिए ।

यादवले छुरा प्रहार गर्दा राईको बायाँपट्टी कानभन्दा तल गम्भीर चोट लागेको थियो ।