२०८१ बैशाख १४, शुक्रबार    

जिल्लाका ३७ वटा लायन्सद्वारा एकैस्थानमा पदस्थापन

२०७९ श्रावण २९, आईतबार ११:२६ बजे

जिल्लामा रहेका ३७ वटा लायन्स क्लबको संयुक्त पदस्थापन कार्यक्रम शनिबार हेटौंडामा सम्पन्न भएको छ ।

सामाजिक सेवाको क्षेत्रमा कार्य गर्ने अन्तर्राष्ट्रिय स्वयम्सेवी संस्था लायन्स क्लब इन्टरनेशनल ३२५ एस नेपालअन्तर्गत मकवानपुरमा रहेका ३७ वटा क्लबको एकसाथ पदस्थापन कार्यक्रम भएको हो ।

लायन्स क्लब अफ हेटौंडाका अध्यक्ष माधव न्यौपानेको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा पदस्थापन कार्यक्रम भएको हो । कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल ३२५ एस नेपालका गभर्नर अमरबहादुर श्रेष्ठ, ३२५ बी २ का पूर्वगभर्नर शम्भु नकर्मी लगायत लायन्स क्लबका अगुवाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा उत्कृष्ट क्लब तथा सदस्यलाई सम्मान समेत गरिएको थियो ।
पदस्थापन कार्यक्रम लायन्स क्लब अफ हेटौंडा भुटनदेवीकी अध्यक्ष निलम देवकोटाको संयोजकत्वमा भएको हो ।

लायन्स क्लबको एक वर्षे कार्यकाल रहने व्यवस्थाअनुसार वर्ष २०२२/२३ का लागि निर्वाचित समितिलाई पदस्थापन गरिएको लायन्स क्लब इन्टरनेशनल ३२४ एस नेपालको एरिया २ का चिफ विकेशलाल श्रेष्ठले जानकारी दिए ।