२०८१ बैशाख २०, बिहीबार    

मकवानपुरमा ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने

२०८० कार्तिक २४, शुक्रबार १२:४१ बजे

मकवानपुर जिल्लामा राति ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने भएको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंका अनुसार राति ८ बजेबाट देउसी भैलो खेल्ने टोलीलाई स्थानीय प्रहरीले समापन गर्न लगाउने र ९ बजेबाट पूर्णरुपमै रोकिने बताए ।
‘यसवर्ष तिहार लामो छ । जति खेले पनि समय पुग्छ ।’

उनले तिहारको समयमा मदिरा सेवनमा धेरै कडाइ गरिने बताए । ‘झैझगडा र सम्भावित दुर्घटनालाई रोक्नका लागि तिहारमा मदिरा सेवनलाई कडाइ गर्न लागिएको हो ।’, प्रजिअ सेढाईंले भने ।

उनका अनुसार यसवर्ष तिहारमा चोकचोकमा प्रहरी चेकिङ राखिनेछ । ‘तिहारको समयमा मापसे गरी सवारी चलाउनको संख्या धेरै हुने गरेको छ । त्यसकारण हामी चेकजाँचलाई कडाई गर्नेछौं ।’, उनले भने ।

शनिबारबाट यसवर्षको तिहार सुरु हुँदैछ ।