२०८१ बैशाख २१, शुक्रबार    

हेटौंडा उपमहानगर बालमैत्री स्थानीय तह घोषणाको तयारी

२०७९ भाद्र ५, आईतबार १६:१० बजे

वालमैत्री स्थानीय तह घोषणाको तयारीमा हेटौंडा उपमहानगरपालिका जुटेको छ । सरकारले २०८७ सम्म देशलाई बालमैत्री घोषणा गर्ने नीति ल्याएसँगै स्थानीय तहहरु बालमैत्री घोषणाको तयारीमा जुटेका हुन् ।

तयारी अनुसार आइतबार हेटौंडा उपमहानगरपालिकाले ‘वालमैत्री स्थानीय शासन नीतीगत कार्यान्वयनका लागि अवलम्बन तथा घोषणा’ सम्बन्धी नगरस्तरीय अभिमुखिकरण कार्यक्रम गरेको छ । कार्यक्रममा वालमैत्री स्थानीय तह घोषणाका फाइदा, कार्यान्वयनको प्रकृया र संबैधानिक नीतिका बारेमा वालमैत्री घोषणाका लागि मुख्य जिम्मेवार रहेका उपमहानगरका वडा, स्वास्थ, शिक्षा शाखाका प्रमुखसहित वालवालिकाको क्षेत्रमा काम गरिरहेका संघ सस्थाका प्रतिनिधीलाई जानकारी गराइएको थियो ।
तयारी अनुरुप सुरु गरिएको कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख ललित घलानले बालमैत्री पालिका घोषणाको तयारीसँगै कार्यान्वयनको पाटोमा पनि लाग्न आग्रह गरे । सुन्दर नगरलाई थप सुन्दर बनाउँनका लागि बालमैत्री घोषणाले महत्वपूर्ण भूमिका खेल्ने भन्दै अन्य पालिकाले पनि हेटौंडाको अनुशरण गर्ने वतावरण निर्माणको लागि शुभकामना दिएका थिए । बालमैत्री पालिका घोषणासँगै संघीय सरकारबाट आउने अनुदान तथा विकास निर्माणको काममा पनि प्राथमिकताको पालिकाको रुपमा हेटौंडा रहने उनको भनाइ थियो ।

कार्यक्रममा अध्यक्षता गरेकी हेटौंडा उपमहानगरका नगर प्रमुख मीनाकुमारी लामाले भोलिका कर्णधारको रुपमा रहेका वालवालिकाको क्षेत्रम लगानी गर्न उपमहानगर तयार रहेको बताइन् । अभिमुखिकरण कार्यक्रममा बालमैत्री पालिका घोषणाका राष्ट्रिय सहजकर्ता बिष्णुप्रसाद चौवेले संबिधानको धारा ३ को उपधारा १० अनुसार नेपालका पालिकाहरु बालमैत्री बने अवस्थाको व्यवस्था रहेको जानकारी दिए । उनले मकवानपुरको मनहरी, बकैया र मकवानपुर गढी बालमैत्री घोषणा भैसकेको बताउँदै ११ उपमहानगरमध्ये दाङको घोराही उपमहानगर भैसकेको र हेटौंडा बन्ने तयारीमा जुटेको भन्दै खुशी व्यक्त गरे ।

कार्यक्रममा हेटौंडा उपमहानगरका उपप्रमुख राजेश बानियाँ, नेकपा एकिकृत सामाजवादीका नगर अध्यक्ष ध्रुवबहादुर भुजेल, हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाईको आतिथ्यता रहेको थियो । कार्यक्रममा स्वागत गर्दै महिला तथा वालबालिका बिकास महाशाखाका प्रमुख बिष्णुकुमारी लामिछानेले बालमैत्री घोषणाका ५१ वटा सुचक मध्य पालिकाहरुले आफ्नो आवश्यकता अनुसार प्रयोग गरी अघि बढ्ने बताइन् ।