२०८० चैत्र १६, शुक्रबार    

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

२०७९ आश्विन १५, शनिबार १०:३५ बजे

मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरमा स्थापना गरिएको छ ।

हेटौंडा–२ स्थित मुख्यमन्त्री कार्यालयसँगै रहेको पुरानो जिल्ला विकास समितिको भवनमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

मुख्य निर्वाचन अधिृकत ऋषिराम निरौलाले बोर्ड राखेर कार्यालय स्थापना भएको घोषणा गरेका थिए । उनले निर्वाचनलाई भयरहित बनाउन जिल्लाका राजनीतिक दल र सुरक्षा निकायसँग समन्वय गरेर अगाडि बढ्ने बताए । ‘संविधानको पूर्णरुपमा कार्यान्वनयका लागि निर्वाचनको महत्व रहेको छ ।’, उनले भने ।

प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले शान्तिपूर्णरुपामा निर्वाचन गर्ने वातावरण तयार पारिएको बताए । उनले आचारसंहित पूर्णरुपमा पालना गर्नका लागि दलहरुलाई आग्रह समेत गरे ।

मकवानपुर जिल्लामा प्रतिनिधिसभाको दुईवटा र प्रदेशसभाका चारवटा निर्वाचन क्षेत्र रहेका छन् ।