२०८१ बैशाख २९, शनिबार    

पार्टी निर्देशनविरुद्ध राप्रपा सांसदद्वारा राष्ट्रियसभामा मतदान

२०७८ माघ १२, बुधबार १२:४४ बजे

हेटौंडा/ प्रदेश १ बाहेक अरू प्रदेशमा आफ्ना उम्मेदवार नभएकोले आफ्नो पार्टीले मतदान नगर्ने बताएको राप्रपाले राष्ट्रियसभाको वाग्मती प्रदेशमा मतदान गरेको छ।

वाग्मती प्रदेशसभा सदस्यहरू रिना गुरुङ र रिता माझीले मतदान गरेका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको उम्मेदवार नभएका प्रदेशमा मतदान प्रक्रियामा सहभागी नहुन निर्देशन दिएको थियो । मतदानमा सहभागी रिता माझीले पार्टीले हिजो बेलुका मतदान गर्न निर्देशन दिएकोले राष्ट्रियसभामा मतदान गरेको बताइन् । राप्रपाको वाग्मती प्रदेशमा स्थानीय तहमा २ जना, प्रदेशसभामा २ जना प्रतिनिधि छन्। राप्रपाले एमालेमा मतदान गर्ने औपचारिक निर्णय गरेको थियो ।

दुई पदका लागि हुन लागेको बागमतीमा ६ जनाको उम्मेदवारी छ। सत्तारुढ गठबन्धनका २, नेकपा (एमाले)को तर्फबाट दुई र नेपाल मजदुर किसान पार्टीबाट दुईजना गरी ६ जना चुनावी मैदानमा होमिएका छन् । गठबन्धन दलका तर्फबाट महिलामा नेकपा (एकीकृत समाजवादी)बाट गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल रहेका छन् । एमालेबाट महिलामा नीरुकुमारी कुँवर तथा अन्यमा गोपाल शाक्य र नेमकिपाबाट महिलामा गीता काफ्ले र अन्यमा कृष्णबहादुर तामाङ चुनावी मैदानमा रहेका छन्।