२०८१ बैशाख १६, आईतबार    

हेटौंडा जेसीजको रक्तदान कार्यक्रम सम्पन्न

२०७९ भाद्र २०, सोमबार १५:४९ बजे

हेटौंडा जेसीजको जेसीज सप्ताहव्यापी कार्यक्रम अन्तर्गत दोस्रो दिन आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेको कार्यक्रम संयोजक सञ्जय न्यौपानेले जानकारी दिए ।

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज हेटौंडा अस्पतालमा फलफूल वितरण गर्नुका साथै विस्तारै मोटरसाइकल चलाउने प्रतियोगिता पनि आयोजना हुने छ ।भोली २१ गते जेसीज र बैंकर्सबीच मैत्रीपूर्ण फुटसल, सरसफाई र खुला पौडी प्रतियोगिता, २२ गते वृक्षरोपण र अन्तर जेसीज वक्तृत्वकला, २३ गते अम्विकादेवी स्मृति हाजिरीजवाफ, २४ गते स्वागत बोर्ड राख्ने र शैक्षिक सामग्री वितरण कार्यक्रम, २५ गते ट्राफिक सचेतना, जेसीज सप्ताह समापन तथा पुरस्कार वितरण कार्यक्रम रहेको हेटौंडा जेसीजका अध्यक्ष पवन कंशाकारले जानकारी दिए ।

प्रतियोगितात्मक कार्यक्रममा नगद सहित पुरस्कारको व्यवस्था रहेकोछ । जेसीज सप्ताह मुल कार्यक्रम संयोजक शिवकुमार श्रेष्ठ तथा सहमुल कार्यक्रम संयोजक महेश अधिकारी रहेका छन् । सबै क्षेत्रलाई समेटेर एक हप्तामा १५ वटा कार्यक्रमको आयोजना गर्न लागिएको हेटौंडा जेसीजका महासचिव विकेशलाल श्रेष्ठले जानकारी दिए ।