२०८१ बैशाख २९, शनिबार    

नेकपा (एस) अध्यक्ष श्रीधर पोखरेलद्वारा पार्टी परित्याग

२०७९ बैशाख १४, बुधबार १३:४८ बजे

नेकपा (एकीकृत समाजवादी) पार्टी मकवानपुर अध्यक्ष श्रीधर पोखरेलले पार्टी परित्याग गरेका छन् ।

उनले स्थानीय तह निर्वाचनमा भएको गठबन्धन र टिकट वितरणको विषयमा पार्टीले चालेको कदमको विरोध गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन् । उनले बुधबार हेटौंडाका पत्रकार सम्मेलन गर्दै पार्टी परित्यागको घोषणा गरेका थिए ।

उनीसँगै जिल्ला सचिवालय सदस्य वीरेन्द्र डीसीले पनि पार्टी परित्यागको घोषणा गरेका छन् । उनले मनहरी, राक्सिारङ र कैलाशमा पार्टीले गठबन्धन गर्न असफल भएको र परिचित र संगठन निर्माणको काममा लागेकाहरुलाई बाइपास गरेकोभन्दै पार्टी परित्याग गरेको बताए । पोखरेल र डीसी नेकपा एमाले विभाजनपश्चात् नेकपा (एस)मा आबद्ध भएका थिए । उनीहरु दुवैले तत्काल कुनै पनि पार्टी प्रवेश नगर्ने बताएका छन् ।

पोखरेललाई कुशल संगठकको रुपमा चिनिन्छ । उनले पार्टीभित्र हेटौंडा उपमहानगरको मेयरको दावी समेत गरेका थिए । पोखरेललाई पछाडी पार्दै नेकपा (एस) की नेत्रृ मीना लामाले सत्तारुढ गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार बन्न सफल भएकी थिइन् ।