२०८१ बैशाख ८, शनिबार    

लागूऔषधको जक्सनमा प्रहरीको छापा, एकजना पक्राउ

२०७८ चैत्र २७, आईतबार १५:२९ बजे

मकवानपुर प्रहरीले हेटौंडा–७, नागस्वतीस्थित २२ बर्षीय सन्देश ब्लोनको घरबाट ठूलो परिमाणमा लागूऔषध बरामद गरेको छ । प्रहरीले बरामद गरेको लागुऔषधको परिमाण हेर्दा सन्देशको घर लागुऔषधको अड्डा (जक्सन) नै रहेको पुष्टि हुने जनाएको छ ।

प्रहरीले सूचनाको आधारमा शनिबार सन्देशको घरमा छापा मार्दा लागूऔषध ट्रामा १ हजार ४० ट्याब्लेट, नाईट्रोभेट ५ सय २५ ट्याब्लेट र मोरेक्स १० बोतल बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
हेटौंडा–७, हरियालीस्थित अस्थायी प्रहरी पोष्टबाट प्रहरी सहायक निरीक्षक लक्ष्मण बिकको कमाण्डमा खटिएको प्रहरी टोलीले सन्देशको घरमा छापा मारेको थियो । प्रहरीले सन्देश ब्लोनलाई हिरासतमा राखी थप अनुसन्धान गरिरहेको जनाएको छ ।

पछिल्लो समय प्रहरीले लागूऔषध नियन्त्रणमा विशेष सक्रियता बढाइरहेको छ ।