२०८१ जेठ ५, शनिबार    

बैंकभित्रैबाट गायब भयो सेवाग्राहीको २ लाख रुपैयाँ

२०७८ फाल्गुन १६, सोमबार १६:४३ बजे

राष्ट्रिय वाणिज्य बैंक हेटौंडा शाखाबाट एक सेवाग्राहीको भौचर भर्ने क्रममा २ लाख रूपैयाँ नगद हराएको छ ।
हेटौंडा–१० मा रहेको म्यापल रेष्टुरेण्ट सञ्चालक युवा व्यवसायी राम महर्जनले आइतवार बैंक खातामा जम्मा गर्न लगेको नगद दुई लाख रूपैयाा बैंकभित्रैबाट हराएको हो । अहिले प्रहरी प्रशासनले पैसा लैजाने व्यक्तिको खोजी शुरू गरेको छ ।


महर्जनका अनुसार २ लाख ५५ हजार रूपैयाा लिएर आइतवार दिउासो सवा १ बजे उनी बैंक प्रवेश गरेका थिए । उनले ५५ हजार रूपैयाा गोजीमा र २ लाख रूपैयाँ भने हातमा लिएर लाइन बसेका थिए ।
भौचरमा खाता नम्बर लेख्नन बिर्सेकाले पुन: लाइन छोडी भौचर भर्ने स्थानमा पुगेका थिए । भौचरमा खाता नम्बर लेख्नन क्रममा उनले हातमा रहेको २ लाख नगद टेबलमा राखेर भौचर नम्बर भरेका थिए ।


पैसा त्यहीँ बिर्सेर उनी लाइन बस्न पुगे । जब उनले काउण्टरमा पैसा बुझाउन खोजे हातमा पैसा थिएन । हतारहतार भौचर भर्ने ठाउामा हेर्न पुग्दा त्यहाा राखिएको पैसा नभएको उनको भनाइ छ ,करीब डेढ मिनेट अवधिमा पैसा गायब भएको उनले बताए ।

पैसा हराएपछि उनले बैंक म्यानेजर तथा कर्मचारीहरूलाई खबर गरे । सोधपुछ पछि पनि पैसा पत्ता नलागेपछि महर्जनले सुरक्षा निकायको मद्दत लिन पुगे ।अहिले जिल्ला प्रहरी कार्यलय मकवानपुरको प्रहरी टोली घट्ना भएको स्थानमा पुगेर बैंकमा रहेको सीसी क्यामराको सहयोगमा पैसा लैजाने व्यक्तिको खोजी भइरहेको घटनास्थलमा रहेका मकवानपुर प्रहरी प्रवक्ता डीएसपी जयश्वर रिमालले जानकारी दिए ।