हेटौंडा/ मकवानपुरमा सवारी दुर्घटनाहुँदा एकजनाले ज्यान गुमाएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत् हेटौंडा–१५, रातमाटेमा बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन् ।
दुर्घटनामा बकैया–७ बस्ने ३७ वर्षका शिवप्रसाद सुबेदीको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । मृतक सुवेदीको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जनाइएको छ । दोलखा बस्ने ४६ वर्षीय थनकप्रसाद दुलाल घाइते भएको जनाइएको छ । बुधबार दिउँसो पूर्वपश्चिम सडकखण्डमा बाराबाट हेटौंडा तर्फ आउँदै गरेको ना.६ ख ८४२५ नम्बरको बस र बिपरित दिशाबाट जादै गरेको वाग्मती प्रदेश ०२–०२५ प ३०८१ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाँदा दुर्घटनाग्रस्त भएको हो । ठक्कर दिने वस तथा चालक प्रहरी नियन्त्रणमा रहेको छ ।