२०८१ बैशाख १९, बुधबार    

सन्तनेता भट्टराईको जन्मजयन्तीमा दीप प्रज्वलन

२०७९ पौष ८, शुक्रबार १७:५५ बजे

नेपाली कांग्रेसका संस्थापक नेता एवं पुर्ब प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९९ औं जन्मजयन्त्रीको अवसरमा शुक्रबार हेटौंडामा दीप प्रज्वलन कार्यक्रमको आयोजना गरिएको छ ।

सन्तनेता कृष्णप्रसाद भट्टराई स्मृति केन्द्र हेटौंडाले सन्त नेता भट्टराईको जन्मजयन्त्रीको अवसर पारेर हेटौंडा २ स्थित कांग्रेस चोकमा दीप प्रज्वलन कार्यक्रमको आयोजना गरेको हो ।

केन्द्रका अध्यक्ष बिजेन्द्र अग्रवालको सभाध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सल्लाहाकार एवं नेपाली कांग्रेस मकवानपुरका पूर्व सभापति रामचन्द्र अर्याल माइकल, पूर्व कार्यवाहक सभापति बिष्णुप्रसाद लामिछाने, सल्लाहाकार कृष्णप्रसाद दाहाल, नेपाली कांग्रेस मकवानपुरका जिल्ला सदस्य शर्मिला श्रेष्ठ, हेटौंडा वडा नम्बर ९ का संयोजक छवि अर्याल, केन्द्रका उपाध्यक्ष शुभाषचन्द्र अधिकारी, लगाएतको उपस्थिति रहेको थियो ।