२०८१ बैशाख १९, बुधबार    

राष्ट्रिय सभाको निर्वाचन माघ ११ मा

२०८० मंसिर १३, बुधबार ११:५१ बजे

सरकारले राष्ट्रिय सभाको निर्वाचन माघ ११ मा गर्ने भएको। आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय सभाको निर्वाचनको मिति तोकेको हो ।

निर्वाचन आयोगले निर्वाचनका लागि माघ ११ को मिति तय गर्न सरकारलाई सुुझाव दिएको हो  सोही अनुसार मिति तय गरिएको सरकारकी प्रवक्ता मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

आगामी फागुन २० पछि राष्ट्रिय सभाका २० पद रिक्त हुँदैछन्। त्यसमध्ये १९ जना निर्वाचनमार्फत् चयन हुनेछन्। बाँकी एक जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनित गर्नेछन् ।

राष्ट्रिय सभामा एमालेका ८, कांग्रेसका ४, माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २, जसपाको १, स्वतन्त्र १, मनोनित ९एमाले० १ सांसदको पद रिक्त हुँदैछ ।