२०८१ बैशाख १६, आईतबार    

रूख ढल्दा किचिए बस र स्कुटर, १५ जना घाइते

२०७९ श्रावण ८, आईतबार १३:४९ बजे

भक्तपुरमा आइतबार दिउँसो एउटा रूख ढल्दा बस र स्कुटर किचिएका छन्। सल्लाघारीस्थित इवामुरा अस्पतालनजिकै रूख ढलेर बस र स्कुटर किच्दा १५ जना घाइते भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। 

घाइतेहरूलाई विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ। रूख कसरी ढल्यो भन्ने विस्तृत विवरण आउन बाँकी छ। केही घाइतेहरूको अवस्था गम्भीर छ। प्रहरी टोली अहिले घटनास्थलमै छ। अहिले क्रेनले रूख हटाउने काम गरिरहेको छ।