२०८१ बैशाख २१, शुक्रबार    

विकेशलाल श्रेष्ठद्वारा हेटौंडा जेसीज अध्यक्षमा उम्मेदवारी घोषणा

२०८० मंसिर १४, बिहीबार ०७:२२ बजे

हेटौंडा जेसीजको अध्यक्षमा विकेशलाल श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।

बुधबार उनले सन् २०२४ का लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । सन् २०१८ मा हेटौंडा जेसीजको सदस्यता ग्रहण गरेका श्रेष्ठ हाल संस्थाको कार्यकारिणी उपाध्यक्ष पदमा रहेर आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका छन् ।

‘जेसीज युवाहरुको एकेडेमी हो । नेतृत्व र व्यक्तित्वको विकाससँगै समाजमा स्थापित हुने कार्य गर्नका लागि मैले उम्मेदवारी घोषणा गरेका हुँ ।’, श्रेष्ठले जेसीजमा रहेर आफूले युवाको पक्षमा काम गरेको उल्लेख गर्दै आगामी दिनमा थप राम्रो काम गर्न का लागि उम्मेदवारी दिने तयारीमा आफू जुटेको बताए ।

उनले जेसीजमा आबद्ध युवाहरुको भावनाको पूर्णरुपमा प्रतिनिधित्व गर्दै पूर्व तथा निवर्तमान अध्यक्षले देखाएको मार्गदर्शन अनुसार अगाडि बढ्ने प्रतिबद्धता समेत जनाएका छन् ।
सन् २०१९ मा खेलकुद संयोजक बनेका श्रेष्ठ २०२० मा उपाध्यक्ष निर्वाचित भएका थिए । २०२१ मा लोम लिडर रहेर उनीसन् २०२२ मा महासचिव मनोनित भएका थिए ।

जेसीजको निर्वाचन पुसमा हुनेछ । हेटौंडा जेसीजको उपस्थिति राष्ट्रिय जेसीजमै प्रभाव राख्ने भएका कारण यहाँका निर्वाचनलाई विशेष चासोका साथ हेरिन्छ ।