२०८१ बैशाख १७, सोमबार    

तनहुँमा सवारी दुर्घटनाहुँदा मकवानपुरका दुईजनाका मृत्यु

२०७९ असार १५, बुधबार १२:४४ बजे

कारको ठक्करबाट मोटरसाइकलमा सवार मकवानपुरका दुई जनाको मृत्यु भएको छ । तनहुँको ब्यास नगरपालिका १२ देउरालीमा ग. ३ च ४१८२ नम्बरको कारले बा.४३ प ३०२० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मकवानपुरेको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक मकवानपुर, भीमफेदी गाउापालिका–१ का २६ वर्षीय जयराम मोक्तान र मोटरसाइकलमा पछाडी सवार सोही स्थानका २३ वर्षीय दिपेश गोले रहेको प्रहरीले जानकारी दिएको छ । गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा रत्नहरी अस्पताल दमौलीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको मोटरसाइकललाई मंगलबार साँझ ६ बजे विपरित दिशाबाट जाँदै गरेको कारले ठक्कर दिएको हो । कारसहित चालकलाई जिल्ला प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा लिएको छ ।