२०८१ बैशाख १७, सोमबार    

२८ जनाद्वारा रक्तदान

२०८० श्रावण ३०, मंगलबार १४:५३ बजे

नेपाली कांग्रेसको आन्तरिक विशेष अभियानअन्र्तगत मंगलबार नेपाल तरुण दल जिल्ला कार्यसमिति मकवानपुरले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

हेटौंडा–२ स्थित जिल्ला पार्टी कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

रक्तदानमा २८ जनाले रक्तदान गरेको तरुण दल मकवानपुर जिल्ला अध्यक्ष लिलाराज सापकोटा सन्तोसले जानकारी दिए । कार्यक्रममा बागमती प्रदेशबाट खटिएका प्रदेश क्षेत्रीय प्रतिनिधिहरु देवकी गौतम, कृष्णकुमार श्रेष्ठ सिन्धुली, विवशकुमार वाइबा कृष्णकुमार श्रेष्ठ चितवन, पूर्व सभापति रघुरमण न्यौपानेको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपसभापति आनन्द कठायत, सचिवद्वय भीमसेन महत र ईश्वर पाठक, जिल्ला सदस्यहरु, संघीयरप्रदेश सभापतिहरु, जिल्लाबाट वडामा खटिएका प्रतिनिधिहरु, गाउँपालिकारवडा सभापतिलगायतको उपस्थिति रहेको उनले जानकारी दिए ।