२०८१ बैशाख ७, शुक्रबार    

नेपाल लेयर्स कुखुरापालक संघ गठन

२०७९ आश्विन ३०, आईतबार १५:४२ बजे

पोल्ट्री व्यवसायीको हित गर्ने उद्देश्यले नेपाल लेयर्स कुखुरापालक संघ केन्द्रीय तदर्थ समिति गठन भएको छ ।

चितवन जिल्लामा भएको लेयर्स कुखुरा पालक किसानहरुको भेलाबाट विनोद पोखरेलको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । समितिको संरक्षकमा गुणचन्द्र विष्ट रहेका छन् । समितिमा महासचिव शोभा ढकाल, सचिव मदन चिरञ्जिवी पोखरेल, कोषाध्यक्ष प्रकाश चापागाईं रहेका छन् ।

समिति सदस्यमा गोकुलनाथ पौडेल, रामलाल श्रेष्ठ, जोतेन्द्र श्रेष्ठ र गंगा भट्टराईलगायत रहेका छन् ।