२०८१ बैशाख ११, मंगलबार    

कृषक जागृति सहकारीमा मुडभरी सर्वसम्मत चयन

२०७९ पौष ३०, शनिबार १८:२२ बजे

कृषक जागृति सहकारी संस्था लिमिटेड हेटौंडा–१३ को अध्यक्षमा केशबप्रसाद मुडभरी चयन भएका छन् ।

शनिबार भएको सहकारीको २१ औं साधारणसभाबाट उनी सर्वसम्मतरुपमा अध्यक्ष चयन भएका हुन् । संस्था उपाध्यक्षमा मञ्जु लामा, सचिव सुरेश कुमार स्याङ्गबा, कोषाध्यक्ष कबिता मैनाली तथा सदस्यहरुमा चुडामणी तिमल्सिना, नारायण सापकोटा, कमला खतिवडा, मेघनाथ ढुङ्गाना र दीलबहादुर रूम्बा रहेका छन् । भेलाले लेखा समिति संयोजक बगानसिं थिङ र सदस्यहरुमा अर्जुनप्रसाद गौतम र किशोर मैनाली चयन गरेको छ ।

मकवानपुर जिल्ला बहुउदेश्यीय सहकारी संघका अध्यक्ष रामहरी न्यौपानेको प्रमुख आतिथ्यता भएको भेलामा विशेष अतिथि वडा अध्यक्ष पेम्बा लामा रहेका थिए ।