२०८१ जेठ ४, शुक्रबार    

५ किलो अफिम र एकलाख नगद बरामद

२०७८ चैत्र २, बुधबार १३:४८ बजे

जिल्ला प्रहरी कार्यालय मकवानपुरले मनहरी गाउँपालिकाबाट अवैध लागूऔषध अफिम ५ किलो र एक लाख रुपैयाँ नगद बरामत गरेको छ ।

गएराति इलाका प्रहरी कार्यालय मनहरीबाट विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले दुई वटा मोटरसाइकलबाट लागूऔषध अफिम र नगद बरामद गरेको हो ।
प्रहरीलाई देख्नासाथ मोटरसाइकल चालकहरु फरार भएको प्रहरीले जनाएको छ । उनीहरुको अहिले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार राक्सिराङ गाउँपालिकाबाट उक्त अफिम विक्रीका लागि मनहरी तर्फ ल्याइएको हुनसक्ने देखिन्छ ।