२०८१ बैशाख ७, शुक्रबार    

मनहरीमा एमालेका पाँचजना आकांक्षी

२०७८ चैत्र २७, आईतबार १५:५० बजे

चाहिएको भन्दा बढी आकांक्षी देखिएपछि नेकपा एमालेले मनहरी गाउँपालिकामा उम्मेदवार चयन हुन सकेको छैन । चैत २६ गते रजैयास्थित अग्निहोत्राश्रम परिसरमा बसेको नेकपा एमाले मनहरी गाउँ कमिटी बैठकमा ५ जनाले अध्यक्ष पदमा दाबेदारी प्रस्तुत गरेको बताइएको छ ।

दाबेदारी प्रस्तुत गर्नेहरुमा गाउँ कमिटी अध्यक्ष नविन सुवेदी, बहालवाला गाउँपालिका अध्यक्ष एकराज उप्रेती, बहालवाला ८ नं वडाध्यक्ष दिलबहादुर स्याङ्तान, पूर्व जिल्ला कमिटी सदस्य जयराम अर्याल र बागमती प्रदेश कमिटी सदस्य श्याम ढकाल रहेका छन् । गाउँ कमिटीले तीन जनाको नाम जिल्ला कमिटीमा पठाउनुपर्ने सर्कुलर छ ।

पाँच जनाले अध्यक्षमा दाबेदारी गरिरहँदा साबिक मनहरीतर्फका ४ जना र साबिक हाँडीखोलातर्फका १ जनाको दाबी प्रस्तुत भएको हो । उपाध्यक्ष पदमा भने तीनजना महिलाले दाबी गरेका छन् । जिल्ला कमिटी सदस्य बिमला कार्की, गीता प्रजा, पम्फा बस्नेत रोक्का र विद्यार्थी नेता सुजिता थिङले उपाध्यक्ष पदमा आकांक्षा ब्यक्त गरेको हुन् ।