२०८१ बैशाख १३, बिहीबार    

एमाले वाग्मती सरकारबाट बाहिरियो, आजै राजीनामा दिने

२०७९ चैत्र १०, शुक्रबार १६:०२ बजे

नेकपा एमाले वाग्मती प्रदेश सरकारबाट बाहिरिएको छ ।

शुक्रबारको प्रदेशसभा वैठकलाई सम्बोधन गर्दै एमाले प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारबाट बाहिरिएको घोषणा गर्दै सशक्त प्रतिपक्षको भूमिकामा रहने बताएका हुन् । एमालेका मन्त्रीहरुले आजै प्रदेशसभा बैठक पश्चात मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाउने छन् । उनले मुख्यमन्त्री जम्ट्टेललाई विश्वासको मत समेत नदिने सदनबाटै जानकारी गराएका छन् । जम्कट्टेलले आजै सदनबाट विश्वासको मत लिँदैछन् ।

प्रदेश सरकारमा ४ जना मन्त्रीसहित एमाले सहभागी भएको थियो । एमालेबाट संसदीय दलका नेता थपलिया आर्थिक मामिला तथा योजना मन्त्री, एकलाल श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्री, केशवप्रसाद पोखरेल कृषि पशुपन्छी विकास मन्क्री र रामेश्वर श्रेष्ठ स्वास्थ्य मन्त्री नियुत्त भएका थिए ।