२०८१ बैशाख २३, आईतबार    

पुन: मत गणनामा पनि थाहामा कांग्रेसले बाजी मार्‍यो

२०७९ जेठ ३, मंगलबार १०:४९ बजे

स्थानीय तह निर्वाचन अन्तरगत थाहा-७ मा भएको पुन: मतगणना पनि वडा अध्यक्षमा नेपाली कांग्रेसका शिवराज गोले विजयी भएका छन् । गोले १२ मतले विजयी भएका हुन् ।

गोले ९१६ मतसहित विजयी हुँदा नेकपा मावोवादी केन्द्रका विनायक गोलेले ९०४ मत प्राप्त गरेका छन् । नेकपा एमालेले ४०३ मत ल्याएको छ ।
यसअघिको गणनामा कांग्रेसका शिवराज १० मतले विजयी भए पनि माओवादीका विनायकले पुन: मतगणनाको माग गर्दै निवेदन दिएका थिए ।

त्यसपछि निर्वाचन अधिकृत तीर्थराज भट्टराईले पुन: मत गणना गरेका थिए ।