२०८१ बैशाख १२, बुधबार    

वर्षातले हेटौंडा र सिमराको खेल स्थगित

२०७९ जेठ २५, बुधबार १७:३८ बजे

हेटौंडामा जारी सहिद स्मृति अन्तर्राष्ट्रिय स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता–२०७९ अन्तर्गत् बुधबारको खेल स्थगित भएको छ ।

लगातारको वर्षात्का कारण आयोजक मकवानपुर जिल्ला फुटबल संघले खेल स्थगित गरेको हो । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालाको खेल मैदानमा हिलाम्मे भएपछि विजय युथ क्लब हेटौंडा र नवजनजागृति युवा क्लब सिमरावीचको खेल स्थगित गरिएको हो । खेल विहीबार विहान ८:३० बजेका लागि तय गरिएको छ । ‘मैदानमा पानी जमेर हिलाम्मे भएपछि खेल स्थगित गरिएको हो ।’, संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

जेठ ३० गतेसम्म सञ्चालन हुने चौथो संस्करण यस प्रतियोगिताको विजेताले नगद १५ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगितामा देशका चर्चित १२ टोलीको सहभागिता रहेको छ ।