२०८१ बैशाख ११, मंगलबार    

प्रदेश प्रमुखद्वारा सरकार गठनका लागि आव्हान, ५ दिनको समय

२०७९ पौष २१, बिहीबार ११:०५ बजे

वाग्मती प्रदेशमा नयाँ सरकार गठनका दावी पेश गर्न प्रदेश प्रमुखले दलहरुलाई आव्हान गरेका छन् ।

विहीबार प्रदेश प्रमुख यादबचन्द्र शर्माले संविधानको धारा १६८ को उपधार २ अनुसार नयाँ सरकारको मुख्यमन्क्री नियुत्त गर्न ५ दिनको समय सीमा दिएर नयाँ सरकार गठनका लागि आव्हान भएको हो ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई वाग्मती प्रदेशको मुख्यमन्क्री नियुत्त गर्नका पुस २५ गते सोमबार दिउँसो ४ बजेभित्र दाबी पेस गर्न प्रदेश प्रमुखबाट आव्हान भएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता प्रकाश चापागाईंद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ जना सांसद आवश्यक हुन्छ  । वाग्मतीमा सातवटा दलको प्रतिनिधित्व रहेको छ ।