२०८१ बैशाख ६, बिहीबार    

दोलखामा प्रदेशसभा (क)मा काँग्रेसका कुन्दन काफ्ले विजयी

२०७९ मंसिर १९, सोमबार ०९:५४ बजे

दोलखा प्रदेशसभा (क)मा नेपाली कांग्रेसका उम्मेदवार कुन्दनराज काफ्ले विजयी भएका छन् ।

काफ्लेले नेकपा एमालेका नरबहादुर श्रेष्ठलाई ८,०४२ मतले पछाडि पार्दै प्रदेशसभा सदस्य निर्वाचित भएका हुन् । कांग्रेसका काफ्लेले २२,७९७ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी नेकपा एमालेका नरबहादुर श्रेष्ठले १४,७५५ मत ल्याएर पराजित भएका छन् ।

काफ्लेले मतगणनाको शुरुदेखि अग्रता कायम राखेका थिए। काफ्ले कांग्रेसका केन्द्रीय सदस्य हुन् भने श्रेष्ठ २०७४ सालको स्थानीय निर्वाचनमा मेलुङ गापा अध्यक्ष बनेका थिए । श्रेष्ठ अहिले नेकपा एमाले दोलखाका अध्यक्ष पनि हुन् ।

प्रदेशसभा (क)मा जम्मा ४४,७८९ मत खसेको थियो । यो क्षेत्रमा जिरी नगरपालिका सहित गौरीशंकर गापा, तामाकोसी, मेलुङ र बैतेश्वर गापा पर्छन् ।