२०८१ बैशाख २५, मंगलबार    

हेटौंडा-७ मा नेपाली कांग्रेस विजयी

२०७९ जेठ ५, बिहीबार १२:०९ बजे

स्थानीय तह निर्वाचन अन्तरगत हेटौंडा-७ मा नेपाली कांग्रेस विजयी भएको छ ।
हेटौंडा-७ को वडा अध्यक्षमा कांग्रेसका दामोदर गौतम विजयी भएका हुन् । 
उनी १३९ मतले विजयी भएका छन् । उनले  १४९० मत ल्याउँदा उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार राजन थापाले  १३४९ मत ल्याएका छन् । हेटौंडा-७ मा २९४० मत खसेको थियो । हेटौंडा-७ मा गठबन्धनको प्यानल नै विजयी भएको छ ।