२०८१ बैशाख २१, शुक्रबार    

अनधिकृत संरचना हटाउने उपमहानगरको तयारी

२०७९ भाद्र १२, आईतबार १२:५२ बजे

काठमाडौंमा कानुन विपरित बनाइएका संरचना भत्काउने कार्यले निरन्तरता पाइरहेको छ । काठमाडौं महानगरपालिकाले कानुन विपरित निर्माण भएका संरचना र भवनको तल्लो तह अर्थात अण्डर ग्राउण्ड पार्किङमा व्यवसाय चलाइरहेकालाई पनि हटाउँदै आएको छ । महानगरका प्रमुख बालेन्द्र शाहले कानुन विपरित नक्सा पास नभई बनाइएका संरचना कुनै हालतमा भत्काइने बताउँदै आएका छन् ।

अब काठमाडौंमा मात्र नभई, हेटौंडामै कानुन विपरित संरचना बनाएको खुलेको छ । मुख्य सडकको छेउमा नक्सा पास नभइ बनेका साना ठुला टहराहरु पनि ३५ दिने सुचना आजभोली प्रकाशन गरि काम सुरु गरिने मेयर मिनाकुमारी लामाले बताइन् ।  मेयर लामाले भनिन्ः अब उपमहानगरले ३५ दिने सुचना प्रकाशन गर्छौ र नहटाइएको पाइएमा उपमहानगरले मेशिन प्रयोग गरि हटाउछौं, नगरको स्वीकृती विना निर्माण कार्य गर्न पाउदैनन्। अरु नगरपालिकाले के गर्छन भन्ने तिर भन्दा पनि हेटौंडामा हामी नगरबासीलाई जानकारी दिएर काम गर्छौं । अब २५ मिटर सडक चौडा बनाउन अदालत सँग पनि समन्वय गरिसकेको उनले बताइन् ।  

पार्किङको लागि पास गरि घर बनाएका घरधनीले पसल व्यवसाय सञ्चालन गरेको पाइएमा,  भाडामा बस्ने र आउने ग्राहकका लागि सवारीसाधन राख्ने प्रयोजनका लागि पार्किङको व्यवस्थासमेत नगरेमा कानुनी कारवाही गरिनुका साथै पसललाई हटाउने समेत बताइन् ।