२०८१ बैशाख ७, शुक्रबार    

विश्वचर्चित फेसन म्यागजिन भगको कभरमा नेपाली सुपरमोडल अञ्जली लामा

२०७९ श्रावण ८, आईतबार १३:२२ बजे

विश्वचर्चित फेसन म्यागजिन भगले नेपाली सुपरमोडल अञ्जली लामालाई कभर पृष्ठमा स्थान दिएको छ । ‘फेसनको बाइबल’ समेत मानिने भगको कभरमा स्थान पाउने उनी दोस्रो नेपाली हुन् ।

यसअघि फेसन डिजाइनर प्रबल गुरुङलाई पनि भगले कभरमा स्थान दिएको थियो । भगको कभरमा आउनु फेसनकर्मीको सपना समेत बन्ने गर्छ । भगको भारतीय संस्करणको अगस्ट महिनाको कभरमा अञ्जलीलाई देख्न पाइनेछ ।

 

अल्पसंख्यक लैंगिक समुदायको प्रतिनिधित्व गर्दै मोडलिङमा होमिएकी अञ्जलीले न्युयोर्क फेसन विकमा र्‍याम्प नापेकी छन् भने उनी हालै छायांकन सम्पन्न एक बलिउड-हलिउड संयुक्त लगानीको फिल्ममा पनि देखिएकी छन् ।

जहाँ उनलाई बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजसँग स्क्रिन सेयर गरेको अवतारमा देख्न सकिन्छ । ‘लामाको व्यक्तिगत र व्यावसायिक यात्राको कथा विश्वले थाहा पाउनु जरुरी छ,’ भगको कभरस्टोरीमा क्ओल चु लेख्छिन् ।

 
‘मलाई थाहा छ कि अल्पसंख्यक लैंगिक समुदायबारेमा चेतना फैलाउन फेसनले उत्कृष्ट माध्यमको रुपमा काम गर्न सक्छ,’ भगसँग अञ्जलीले भनेकी छन्, ‘म फेसनमार्फत आफ्नो पहिचान बताउन सक्छु । यसैमार्फत नाम कमाएकी छु । मिडियाले वार्तालाप सुरु गर्छ र सामाजिक मूल्यमान्यता र विचारलाई आकार दिन ठूलो शक्ति राख्छ ।’