२०८१ बैशाख ७, शुक्रबार    

अभिनेत्री मिरुनाविरुद्ध गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दर्ता

२०७९ श्रावण १२, बिहीबार १४:४० बजे

अभिनेत्री मिरुना मगरविरुद्ध फुर्पा तामाङले गाली बेइज्जती र कुटपिट गरेको भन्दै मुद्दा दायर गरेका छन् । तामाङले बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेका हुन् ।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार तामाङले अभिनेत्री मगरसहित प्राविधिक पृथ्वीसिंह ठकुरीलाई विपक्षी बनाएका छन् ।

यसअघि तामाङ र मगरबीच मिलापत्र भएको थियो । दर्शकसँग साक्षात्कार गर्न सिभिल मलस्थित हलमा पुगेका बेला भएको 'अभद्र व्यवहार'सम्बन्धी घटनामा तामाङले गल्ती स्वीकारेपछि भाइ सम्झेर माफी दिएको मगरले बताएकी थिइन् । दुवै पक्षले साक्षीहरूको हस्ताक्षरसहित मिलापत्रको कागजसमेत सार्वजनिक गरेका थिए ।

मगरको उजुरीपछि फुर्पालाई प्रहरीले नियन्त्रणमा लिएपछि प्रदर्शनकारीले अभिनेत्री मिरुना अभिनित 'कबड्डी ४'को प्रदर्शन रोक्नुपर्ने भन्दै प्रदर्शनसमेत गरेका थिए । प्रदर्शनपछि केएल टावरमा अवस्थित हलको शो रद्द भएको थियो । पछि फिल्म निर्माण पक्षकै अनुरोधमा उनलाई रिहा गरिएको थियो ।

अभिनेत्री मगरले कुनै जाति, धर्म, सम्प्रदायप्रति असर पुग्ने आशयले कुनै कार्य नगरेको भए पनि उक्त परिस्थितिमा आकस्मिक प्रतिक्रिया जनाउने क्रममा भएको घटनाप्रति क्षमायाचना गरेकी थिइन् ।