२०८१ बैशाख १७, सोमबार    

नयाँ प्रावधानअनुसार मकवानपुरमा ११ जनाले लिए नागरिकता

२०८० असार १३, बुधबार १९:३४ बजे

मकवानपुरका नयाँ प्रावधान अनुसार ११ जनाले वंशजका आधारमा नागरिकता प्राप्त गरेका छिन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार मंगलबार र बुधबार २ दिनमा ४ महिला र ७ पुरुषले वंशजको अधारमा नागरिकता प्राप्त गरेका हुन् । 

उनीहरुले सर्वोच्च अदालतको आदेशपछि जन्मका आधारमा नेपाली नागरिकता लिएका छुन । आइतबारबाट कार्यान्वयनमा आएको उक्त ऐन अनुसार मकवानपुरमा जन्म भएका र बसोबास गर्दै आएका व्यक्तिहरूलाई वंशजको आधारमा नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

ऐन कार्यान्वयनमा आएको दिन आइतबार र सोमबार जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट सो बमोजिम नागरिकता जारी नभएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले जानकारी दिए । ती दुई दिन नयाँ ऐन अनुसार नागरिकता लिनको लागि कुनै पनि सेवाग्राही नआएको उनले बताए ।

उनले जिल्लाका सम्पूर्ण स्थानीय तहलाई जन्मका आधारमा नेपाली नागरिकता लिएकाहरूका सन्तानले वंशजको नागरिकता लिन चाहेमा निवेदन लिई आवश्यक छानबिन र प्रक्रिया पूरा गरी सिफारिस गर्न निर्देशन दिइसकेको उनले बताए ।

उनका अनुसार नागरिकता प्रदान गरिएका ११ जना व्यक्तिलाई निवेदनको आधारमा बुवा आमा बीचको नाता प्रमाणितपत्र, जन्मदर्ता प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र, स्थायी बसोबास खुल्ने कागज पत्र, विद्युत् पानी, घर जग्गाको राजस्व तिरेको प्रमाणहरु संलग्न गरिएको छ ।