२०८१ बैशाख ३०, आईतबार    

कांग्रेस मकवानपुरकाे प्रवक्तामा अर्जुनप्रसाद चाैलागाई नियुक्त

२०७९ बैशाख १३, मंगलबार १३:१४ बजे

कांग्रेस मकवानपुरकाे प्रवक्तामा चाैलागाईं हेटाैंडा-नेपाली कांग्रेस मकवानपुरकाे प्रवक्तामा अर्जुनप्रसाद चाैलागाई नियुक्त भएका छन् ।

जिल्ला सभापति बुद्ध लामाले मंगलबार चाैलागाईंलाई प्रवक्तामा नियुक्त गरेका हुन् । जिल्ला सदस्यमध्यबाट एक जनालाई प्रवक्ता नियुक्त गर्ने व्यवस्थाअनुसार जिल्ला सदस्य चाैलागाईंलाई पार्टी प्रवक्ताकाे जिम्मेवारी दिइएकाे हाे । चाैलागाई हेटाैंडा-६ नम्बर वडाका वर्तमान वडाध्यक्षसमेत हुन् ।

उनले प्रवक्तामा नियुक्त भइसकेपछि चाैलागाईले पार्टीकाे नीति विधि र पद्धतीमा रहेर प्राप्त जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता जनाए ।