२०८१ बैशाख १५, शनिबार    

प्रदीप गिरिको अस्तु पावन यात्रा हेटौंडामा

२०८० भाद्र २, शनिबार १८:५० बजे

नेपाली कांग्रेसका स्वर्गीय नेता तथा समाजवादी चिन्तक प्रदीप गिरिको अस्तु पावन यात्रा हेटौंडा आइपुगेको छ ।

काठमाडौंबाट सुरु भएको गिरिको अस्तु भदौ ५ गते भारतको तीर्थस्थल वनारसमा विर्सजन कार्यक्रम रहेको छ । सोही क्रममा प्रतिनिधि मण्डलसहितको टोली शनिबार साँझ हेटौंडा–२ स्थित नेपाली कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा आइपुगेको हो ।

कांग्रेस मकवानपुर सभापति बुद्ध लामाको सभाध्यक्षतामा भएको श्रद्धाञ्जली सभामा स्वर्गीय नेताले नेपाली समाज र राजनीतिमा पु¥याएको योगदानको कांग्रेस केन्द्रीय सदस्य गुरु बराल, मकवानपुरका पूर्वसभापति रामचन्द्र अर्याल ‘माइकल’, प्रतिनिधि मण्डल सदस्य रामपल्टन साहले चर्चा गरेका थिए ।

गिरि बहुमुखी प्रतिभाशाली, बौद्धिक व्यक्तित्व, चिन्तक तथा प्रखर र प्रभावशाली वक्ता हुनुहुन्थ्यो  । आफ्नै पार्टीका शक्तिशाली नेताहरूसँग पनि निर्भीकता साथ कुरा राख्न सक्ने नेताको रुपमा उनको चर्चा नेपाली राजनीतिमा हुने गरेको छ ।