२०८१ बैशाख २७, बिहीबार    

प्रदेशसभाको वैठक फागुन १६ गते बस्ने

२०७८ फाल्गुन ४, बुधबार १६:५४ बजे

हेटौंडा/ वाग्मती प्रदेशसभाको वैठक फागुन १६ गते बस्ने भएको छ ।

सभामुख सानुकुमार श्रेष्ठले बुधबार आव्हान गरेको सर्वदलिय वैठकमा प्रदेशसभाको वैठक राख्ने विषयमा सहमति भएको हो । प्रदेशसभाको वैठक पुस ८ गतेदेखि विपक्षी एमालेको अवरोधका कारण बस्न सकेको छैन । सभामुख श्रेष्ठको सक्रियतामा बसेको सर्वदलिय वैठकमा फागुन १५ गते पुन: सर्वदलिय वैठक राख्ने र १६ गते प्रदेशसभाको वैठक बोलाउने विषयमा सहमति भएको हो ।

प्रदेशसभाका सचिव कृष्णहरि खड्काका अनुसार वैठकमा सत्ता र प्रतिपक्ष दलका शीर्ष नेताहरुको सहभागिता रहेको थियो । ‘अब वैठक बस्छ । कार्यसूची वैठक अगाडि नै तय गरिनेछ ।’, खड्काले भने ।

पछिल्लो समय प्रदेशसभाको वैठक राख्ने विषयमा सरकार र सत्तापक्षवीच मतभेदको अवस्था सिर्जना भइरहेको थियो ।