२०८१ श्रावण ९, बुधबार    

प्रदेशसभाको वैठक स्थगित, मंगलबार बस्ने

२०८१ असार ७, शुक्रबार १९:२४ बजे

वाग्मती प्रदेशसभाका वैठक असार ११ गते मंगलबारसम्मका लागि स्थगित भएको छ ।

सभामुख भुवन पाठकले शुक्रबार बजेटमाथिको छलफल सकिएसँगै प्रदेशसभाको अर्को वैठक आगामी मंगलबार ११ बजे बस्ने गरी स्थगित गरेका थिए ।

बजेटमाथिको छलफलको क्रममा सांसदहरुले उठाएको विभिन्न जिज्ञासाको आर्थिक मामिला तथा योजना मन्त्री जग्गनाथ थपलियाले जवाफ दिएका थिए । उनले बजेटमा भएको केही त्रुटीलाई सच्याउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

बजेटमाथिको छलफलको क्रममा विहीबार प्रतिपक्षी कांग्रेस र राप्रपाको अवरोधका कारण रोकिएको थियो । शुक्रबार सता–प्रतिपक्षवीच ५ बुँदे सहमतिपश्चात् सदनमा बजेटमाथिको छलफल अगाडि बढेको थियो ।