नेपाल मोवाइल व्यवसायी महासंघ बागमती प्रदेशको शनिबार हेटौंडामा भएको भेलाले नयाँ कार्यसमिति चयन गरेको छ । भेलाले हेटौंडाका एसीस रिजालको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो । उनी मोवाईल एशोसिएसन अफ नेपाल मकवानपुरका पूर्वअध्यक्ष हुन् ।
प्रदेश समितिको उपाध्यक्षमा काभ्रेका प्रेम प्रसाद दाहाल र ललितपुरका देवभक्त डंगोल चयन भएका छन् । समितिको महासचिवमा चितवनका सुरज पौडेल सचिवमा मकवानपुरका चन्द्रमणी पाठक, कोषाध्यक्षमा मकवानपुरकै मिलन स्याङ्तान, सह(कोषाध्यक्षमा भक्तपुरमा रामगोपाल ख्वालापला चयन भएका छन् ।
२७ जनाको कार्यसमितिमा पाँच जना सदस्य आगामी बैठकले थप गरि लैजाने नवनिर्वाचित अध्यक्ष एसीस रिजालले बताएका छन् । निर्वाचन प्रक्रियामा महासंघ केन्द्रीय वरिष्ठ उपाध्यक्ष शोभित प्रसाई, प्रदेश संयोजक छतेन्द्र आचार्यलगायतको उपस्थिती रहेको थियो ।