बागमती प्रदेशका मुख्यमन्क्री इन्द्रबहादुर बानियाँले आज (शुत्रबार) मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका छन् । ऊनले रिक्त रहेका ६ वटा मन्त्रालयमा मन्त्री नियुत्त गर्न लागेका हुन् ।
स्रोतका अनुसार मुख्यमन्त्री बानियाँले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई दिउँसो ३ बजेका लागि सपथको तयारी गर्न औपचारिकरुपमै आग्रह गरिसकेका छन् । साउन २० गते मुख्यमन्क्रीमा नियुत्त भएका बानियाँले २७ गते सदनबाट विश्वासको मत लिएका थिए । विश्वासको मत प्राप्त गर्नसाथ केन्द्रीय नेतृत्वसँग सहकार्य र समन्वय गरी उनले मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेका हुन् ।
स्रोतका अनुसार बानियाँले आर्थिक मामिला तथा योजना मन्त्रीमा प्रभातकुमार तामाङ, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा कञ्चनचन्द्र बादे, सामाजिक विकास मन्त्रीमा बिनु रायमाझी, सहकारी तथा गरिबी निवारण मन्त्रीमा सुरेश श्रेष्ठ र युवा तथा खेलकुद मन्त्रीमा उर्मीला केसीलाई नियुक्त गर्ने तयारी गरेका छन् ।
‘विस्तारित मन्त्रिपरिषद्को अन्तिम सूची सार्वजनिक भएको छैन । तर, आजै विस्तार र सपथ गर्ने तयारी छ ।’, स्रोतका अनुसार युवा तथा खेलकुद मन्त्रालय र सामाजिक मन्त्रालयको विषयमा भने अझै कुरा मिलेको छैन । उनका अनुसार विश्वासको मतको समयमा आफूलाई सहयोग गर्ने केन्द्रीय नेतृत्वको आग्रह अनुसारका सांसदलाई मन्त्रिपरिषद्मा मुख्यमन्त्री बानियाँले समेटेका छन् । विनाविभागीय मन्त्रीको रुपमा रहेको शिवराज अधिकारीलाई संस्कृति तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिने तयारी मुख्यमन्त्रीले गरेका छन् ।
स्रोतका अनुसार पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा पक्षधरका कुनै पनि सांसदले यसपटक मन्त्रिपरिषद्मा स्थान पाएका छैनन् । ‘मुख्यमन्त्रीज्यूले विश्वासको मत लिने समयमा छ उहाँ १४ जना सांसदलाई एक कल समेत फोन गर्नु भएन । अब मन्त्रिपरिषद्मा कहाँ स्थान दिनुहुन्छ ।’, मुख्यमन्त्री बानियाँ निकट एक सांसदले भने ।
लामाविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताब दर्ता गराएर बानियाँ कांग्रेसको नेतामा निर्वाचित भएसँगै मुख्यमन्त्री बनेका हुन् ।
उनले एमाले कोटाका ६ जना मन्क्रीलाई यसअघि नै नियुत्त गरी सपथ गराइसकेका छन् । बागमतीमा मुख्यमन्त्रीसहित १४ वटा मन्त्रालय रहेका छन् ।