२०८१ बैशाख १४, शुक्रबार    

प्रदेशसभा सांसदद्वारा शपथग्रहण

२०७९ पौष १४, बिहीबार १५:२३ बजे

वाग्मती प्रदेशसभाका सांसदले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले सांसदहरुलाई विहीबार पद तथा गोपनियताको शपथ गराएका हुन् ।

हेटौंडा–१० स्थित प्रदेशसभा भवनमा १३ जना सांसदले मातृभाषमा र बाँकीले राष्ट्रिय भाषामा शपथ लिएका हुन् । प्रदेशसभामा ६६ प्रत्यक्ष र ४४ समानुपातिक सांसद गरी ११० जना रहेका छन् । यसपटक प्रदेशसभामा ७ दलको प्रतिनिधित्व रहेको छ  । सदनमा ३७ सिट रहेको कांग्रेस प्रदेशसभाको पहिलो दल हो । नेकपा एमाले २७, माओवादी केन्द्र २१, राप्रपा १३, नेकपा (एस) ७, नेमकिपा ३, हाम्रो नेपाली पार्टी २ जना प्रदेशसभा सदस्य छन् ।

शपथसँगै अब सभामुख चयन प्रक्रिया अगाडि बढ्नेछ । प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले सभामुखको निर्वाचनपश्चात् उपसभामुख छनोट प्रक्रिया अगाडि बढ्ने बताए । प्रदेशसभाको अधिवेशन पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन सम्पन्न गरी सक्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।