२०८० चैत्र १६, शुक्रबार    

वाग्मती प्रदेशका मुख्यमन्त्रीलाई मातृशोक

२०७९ आश्विन १३, बिहीबार ०९:२२ बजे

वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे र एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेकी आमा मनमाया पाण्डेको ८७ वर्षको उमेरमा निधन भएको छ ।

पुरानो घर चितवन भण्डारामा रहेका एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले बिहीबार बिहानै सामाजिक सञ्जालमा लेखेका छन् 'कान्छो भाइ दिपेन्द्रले बिहान सवा चार बजे आमा बितेको खबर गरेपछि म भण्डाराबाट काठमाडौं लागेँ ।'

भण्डारामा रहेका पाण्डे परिवारका एक जना आफन्तका अनुसार मनमाया कान्छो छोरा दिपेन्द्रसँग काठमाडौं सितापाइलास्थित घरमा बस्दै आएकी थिइन् । उनका पाँच छोरा र तीन छोरी छन् । नेकपा एकीकृत समाजवादी पार्टीबाट वाग्मती प्रदेशका मुख्यमन्त्री भएका राजेन्द्र जेठा र एमालेका उपाध्यक्ष सुरेन्द्र उनका माइला छोरा हुन् ।