राप्रपाका सांसद गिरिबहादुर तामाङले सरकारले सदनमा फेश गरेको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमा असन्तुष्टि व्यक्त गर्दै सदनमा ५ मिनेट मौन बसेका छन् ।
शुत्रबार साँझ प्रदेशसभा बैठकमा बजेटमाथिको सामान्य छलफलमा भाग लिने क्रममा रोष्ट्रममा उपस्थित भएका उनले नीति तथा कार्यक्रम र बजेट निर्माणको समयमा सांसद निरास हुनुपर्ने र मन्त्री सम्पर्क विहीन अवस्था रहनेभन्दै सरकारको विरोध गरेका थिए ।
‘म कान नसुन्न र बोल्न नसक्ने अवस्थामा पुगेको छु । त्यसकारण सदनमा मैले बजेटको छलफलमा भाग लिन प्राप्त गरेको ५ मिनेट मौन बस्नेछु ।’, उनले सदनमा भने ।
यति भनेसँगै उनी करिब ४ मिनेट मौन बसेका थिए । सदनमा उनलाई बोल्नका लागि दिइएको ५ मिनेटको समयम सकिएसँगै सभामुख भुवनकुमार पाठकले ‘माननीय सांसदज्यू अब मौनता हटाउनु भए हुन्छ ।’, भन्दै ठट्टा गरेका थिए ।