२०८१ बैशाख १७, सोमबार    

भीमफेदीमा युवा संघको वृक्षरोपण अभियान

२०८० भाद्र १, शुक्रबार १७:५७ बजे

राष्ट्रिय युवा संघ नेपाल भीमफेदी गाउँपालिकाले वृक्षरोपण अभियानलाई तीब्रता दिएको छ ।

‘संरक्षण प्रकृतिको, सुरक्षा सन्ततीको’ भन्ने मूल नाराका साथ संघले एक युवा पाँच विरुवा अभियान सञ्चालन गरिरहेको छ । संघले भीमफेदी–३ स्थित केराबारी तथा भीमफेदी–६ स्थित कृष्ण मन्दिर परिसरमा वृक्षरोपण गरेको अध्यक्ष बादल सिलवालले जानकारी दिए ।

संघ पालिका अध्यक्ष सिलवालको सभाध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सदस्य प्रकाश लामाको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि लामाले युवाहरु रचनात्मक क्रियाकलापमार्फत् समाजरुपान्तरणको पक्षमा लाग्नुपर्नेमा जोड दिएका थिए ।

वृक्षरोपणमा राष्ट्रिय युवा संघ नेपाल वाग्मती प्रदेश सदस्य तथा भीमफेदी–४ का वडा अध्यक्ष सागर पाण्डे, संघ जिल्ला सदस्य रचिन श्रेष्ठ तथा अनेरास्ववियु जिल्ला सदस्य राजिव परियारलगायत सहभागी रहेका थिए ।