२०८१ जेठ ४, शुक्रबार    

ब्रिगेड ब्वाइज क्लब रेलिगेसनमा

२०७८ फाल्गुन ९, सोमबार १६:१० बजे

नव प्रवेशी सातदोबाटो युथ क्लबसँग हार बेहोर्दै ब्रिगेड ब्वाइज क्लब (बिबिसी) सहिद स्मारक ‘ए’ डिभिजन लिगबाट रेलिगेसनमा परेको छ ।

सोमबार सातदोबाटोसँग ३–२ को हार बेहोर्दै बिबिसी लिगको एक खेल बाँकी छँदै रेलिगेसनमा पर्ने दोस्रो टोली बनेको हो । यसअघि ललितपुरकै च्यासल युथ क्लब पनि एक खेल बाँकी छँदै रेलिगेसनमा परेको थियो । यो सिजन लिगमा बिबिसीले एक खेल बाँकी छँदा १ खेलमा मात्रै जित हात पार्दा ७ हार चार बराबरीको नतिजा निकाल्यो । बिबिसीले पहिलो राउन्डमा एपिएफलाई ३–२ ले पराजित गरेपछि लिगमा जित निकाल्न सकेन ।

२०६१ म शीर्ष डिभिजन खेलेको बिबिसीले यो सिजनसहित ७ सिजन शीर्ष डिभिजन खेलेको छ । बिबिसी तेस्रोपटक रेलिगेसनमा परेको हो । बिबिसी २०६३ र २०६८ मा रेलिगेसनमा परेको थियो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा सातदोबाटोका सुशिल राई, दीपक राज सिंह ठकुरी र निरज चौधरीले गोल गर्दा बिबिसीका बर्टान्ड इवोडे र रोशन राना मगरले बराबरी गोल फर्काएपनि हार टार्न सकेन ।