२०८१ बैशाख ८, शनिबार    

हेटौंडा क्याम्पसको अध्यक्षमा पराजुली

२०७९ श्रावण ८, आईतबार १२:२६ बजे

जिल्लाको पुरानो सामुदायिक क्याम्पस हेटौंडा क्याम्पसको अध्यक्षमा आनन्दराज पराजुली चयन भएका छन् । हेटौंडा क्याम्पसको शनिवार भएको संचालक समितिको १४ औं क्याम्पस सभाबाट पराजुलीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।

कांग्रेस मकवानपुरको प्रभावशाली नेता पराजुली यसअघि उपाध्यक्ष थिए । क्याम्पसको उपाध्यक्षमा श्रीधर पोखरेल, कोषाध्यक्षमा नमुना पाण्डे चयन भए । क्याम्पस संचालक समिति सदस्यहरुमा बद्रिनाथ शर्मा, पुरणबहादुर जोशी, प्रदिप कोइराला, कबिर पन्त चयन भएका छन् । अध्यक्षमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै पराजुलीले क्याम्पस विशुद्ध सामाजिक सेवाभावले चल्ने संस्था रहेको बताए । क्याम्पसलाई सबैको साझा सम्पतिका रुपमा अघि बढएर लैजाने उनको भनाइ छ ।

क्याम्पसलाई आधुनिक प्रविधिमा जोड्दै शिक्षालाई प्रविधिमैत्री बनाइने पराजुलीको उद्देश्य छ । क्याम्पसबाट शिक्षण अनुसन्धान र अन्य क्रियाकलापहरुको गुणस्तर प्रदान गर्दै अगाडि बढ्ने उनले बताए । क्याम्पस संचालक समिति अध्यक्ष मुनु सिग्देलको अध्यक्षतामा क्याम्पस सभा भएको थियो ।