२०८३ भाद्र १७, बुधबार    

युवा संघ र वाईसीएलद्वारा हेटौंडामा प्रदर्शन

२०७८ माघ २०, बिहीबार १८:०६ बजे

हेटौंडा/ सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) र माओवादी केन्द्रका भ्रातृ संगठनले हेटौंडामा विहीबार एमसीसी परियोजनाको विरोध गरेका छन् ।

सत्तारुढ दल अमेरिकी सहयोग एमसीसी परियोजना सदनबाट पास गर्ने तयारीमा रहेको समयमा हेटौंडामा नेकपा (एस)को भ्रातृ संगठन युवा संघ नेपाल र माओवादीको वाईसीएल नेपालले त्यसको विरोध जनाउँदै आन्दोलनको चेतावनी दिएको हो । हेटौंडा बुद्धचोकमा उनीहरुले संयुक्तरुपमा प्रदर्शन गर्दै सांकेतिक विरोध तथा र्‍याली समेत निकालेका थिए । उनीहरुले कुनै पनि हालतमा एमसीसी पास गर्न नहुने भन्दै विरोध तथा र्‍याली आयोजना गरेका हुन् ।

पछिल्लो समय नेपालमा एमसीसी परियोजनाको विषयलाई लिएर राजनीति वृतमा हलचल पैदा भइरहेको छ ।