२०८१ बैशाख १४, शुक्रबार    

६० जना कांग्रेसमा प्रवेश

२०७९ पौष १६, शनिबार १५:१५ बजे

हेटौंडा–१२, पदमपोखरीका ६० जना युवा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

शनिबार भएको भेलामा स्थानीय युवाहरुले विभिन्न पार्टी परित्याग गरी कांग्रेसको सदस्यता ग्रहण गरेका हुन् । उनीहरुले कांग्रेस क्षेत्रीय सभापति एवम् हेटौंडाका उपमेयर राजेश बानियाँले खादा र अबिर लगाएर स्वागत गरेका थिए ।

उनीहरुको स्वागत कार्यक्रममा कांग्रेस मकवानपुरका युवा नेता अर्जुन तिवारी, अमृत लुङ्वा तथा राजेन्द्र मैनाली एवम् युवा व्यवसायी राजु अधिकारीलगायत सहभागी थिए । कार्यक्रम गौरी लामाको सभाध्यक्षतामा भएको थियो ।