२०८१ बैशाख १७, सोमबार    

हेटौंडा १३ मा अस्पताल उद्घाटन सँगै स्वास्थ्य शिविर

२०८० माघ ५, शुक्रबार १७:०८ बजे

हेटौंडा उपमहानगरपालिका १३ पदमपोखरीमा अस्पतालको उद्घाटन भएको छ । चिकित्सक डाक्टरको सुबिधा सहित गाउँमै उपचार सेवा प्रदान गर्नका लागि हेटौंडा उपमहानगरपालिकाले पालिका स्तरको अस्पतालको सुरुवात गरेको हो ।

हेटौंडा १३ र १६ मा अस्पताको सुबिधा सहित स्थानियलाई स्वास्थ्य सेवा दिने क्रममा सुक्रवार हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले अस्पतालको उद्घाटन गरेकी हुन् । पालिकाले सञ्चालन गरेको ५ वेडको अस्पतालले पुष १७ गतेबाट चिकित्सक सहितको सुबिधा दिदै आएको थियो । अस्पतालले आकस्मिक सेवा सहित अन्य सामान्य उपचार सेवा दिदै आएको छ ।

अस्पतालको उद्घाटन गर्दै नगर प्रमुख लामाले जनतालाई स्थानिय ठाउँबाटै स्वास्थ्य उपचार दिलाउनका लागि अस्पताल सञ्चालनमा ल्याइएको बताइन् । स्वास्थ्य चौकिबाट दिर्दै आएको सुबिधालाई केहि बिकसित गर्दै अस्पताल सञ्चालनमा ल्याइएको उनको भनाई थियो । चिकित्सक सहितको सुबिधा दिने उद्देश्य सहित पालिकाले नगरको दुई ठाउँमा अस्पताल सञ्चालन गरेको नगर प्रमुख लामाले बताइन् ।

अस्पतालको उद्घाटनसँगै पदमपोखरीमा निः शुल्क स्वास्थ्य शिबिर सञ्चालन गरीएको छ । शिविरमा २६६ महिला र १७१ जना पुरुष गरी ४३७ जनाले सेवा लिएको अस्पतालका सिनियर अहेब शेरबहादुर व्लोनले जानकारी दिए । शिविरमा सेवा लिन आएका मध्य ३५० जनालाई आँखाको, १०८ जनालाई ल्याव २३ जना मानसिक सेवा प्रदान गरीएको उनले जानकारी दिए ।

१३ नम्बरका वडा अध्यक्ष पेम्बा लामाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका बित्त व्यवस्थापन महाशाखा प्रमुख अनिरुद्र नेपाल, सामाजिक विकास महाशाखाका प्रमुख भिमप्रसाद तिमल्सिना सहित स्थानिय संघ सस्थाका प्रतिनिधी, वडा स्तरीय राजनितिक दलका प्रतिनिधीहरुको आतिथ्यता रहेको थियो ।