२०८१ भाद्र ३०, आईतबार    

विप्लवको हेटौंडा कार्यालयमा पैसा लेनदेनको विषयमा विवाद, दुई घाइते

२०७८ माघ १६, आईतबार १४:५१ बजे

हेटौंडा/ नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेकपा माओवादीको जिल्ला पार्टी कार्यालयमा विवाद भएको छ ।

हेटौंडा–१ स्थित राप्ती वगर नजिकै रहेको पार्टी कार्यालयमा लेनदेनको विषयलाई लिएर विवाद भएको बुझिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पैसा लेनदेनको विषयलाई लिएर दुई महिलावीच विवाद भइरहेको अवस्थामा पुरुष–पुरुषवीच हात हालाहाल भएको हो । दुवै पुरुषको टाउको चोट लागेको छ । दुवैको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार रकम लेनदेनको विषयमा महिलावीच विवाद भएपछि दुवै पक्ष घटनास्थलमा उपस्थित भएको देखिन्छ ।

प्रहरीले अहिले दुवै महिलालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मकवानपुरमा लगेको छ । यस विषयमा प्रहरीले सोधपुछ गरिरहेको बुझिएको छ । घटनामा घाइते भएका र लेनदेनमा संलग्न महिलाको परिचय खुलिसकेको छैन ।