२०८१ बैशाख २०, बिहीबार    

हाम्रो घरका बालबालिकालाई खीर

२०८० श्रावण १५, सोमबार १३:१९ बजे

हेटौंडा–५ सिचाईं टोलस्थित हाम्रो घर बालगृहमा आश्रित बालबालिकालाई खीर खुवाइएको छ ।

सोमबार बिहान रोटरी क्लब अफ मकवानपुर र रोर्ट्याक्ट क्लब अफ मकवानपुरले संयुक्तरुपमा साउन १५ अर्थात खीर खाने दिनको अवसरमा बालगृहमा आश्रित २४ जना बालबालिकालाई खीर खुवाइएको हो ।

रोटरी क्लबका सचिव मनोज ढोडारीको संयोजनमा भएको कार्यक्रम क्लबका अध्यक्ष अञ्जनी कुमार पराजुलीको अध्यक्षता रहेको थियो ।

कार्यक्रममा रोटरी क्लब अफ मकवानपुरका पूर्वअध्यक्ष विजयलाल श्रेष्ठ संस्थापक अध्यक्ष ज्ञानकृष्ण प्रजापती, निवर्तमान अध्यक्ष कृष्णबहादुर कार्की, रोर्ट्याक्ट क्लब अफ मकवानपुरको अध्यक्ष राजन कटुवाललगायतको उपस्थिति रहेको थियो ।
साउन १५ गते नेपालमा खीर खाने दिनको रुपमा प्रचलित छ ।