२०८१ बैशाख २२, शनिबार    

मकवानपुरमा सर्वदलिय वैठक सकियो, ११ बजेदेखि मतगणना

२०७९ मंसिर ५, सोमबार ०९:२५ बजे

मकवानपुरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना विहान ११ बजेबाट सुरु हुने भएको छ ।

विहान ८ बजे बसेको सर्वदलिय वैठकले यस्तो निर्णय गरेको नेपाली कांग्रेस मकवानपुर सभापति बुद्ध लामाले जानकारी दिए । उनका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना एकैपटक गरिनेछ ।

आइतबार मतपेटिका ल्याउन ढिला भएपछि मतगणना केही ढिलो भएको हो । सम्पूर्ण मतपेटिका विहान २ बजे मात्र हेटौंडा ल्याइएको थियो । एकैपटकमा १२ स्थानमा मतगणना गर्ने तयारी निर्वाचन अधिकृतको कार्यालयले गरेको छ ।

जिल्लामा प्रारम्भिक तथ्यांक अनुसार करिब ५९ प्रतिशत मत खसेको छ । मकवानपुर जिल्लाबाट ३ लाख ७ सय ३३ जना मतदाता रहेका थिए । जिल्लामा दुईवटा प्रतिनिधिसभा निर्वाचन र चारवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् ।